May 25, 2024, Saturday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

भोलिदेखि सिइडिबी हाइड्रोपावरको आईपीओ खुल्दै, हेर्नुहोस कति कित्ता को लागि आबेदन दिनु उचित

ipo-CEDB hydro
Biz Sanjal
२०७८ बैशाख १६

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि बैसाख १७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले कुल २५ लाख १८ हजार २३० कित्ता शेयर निष्काशन गर्न लागेको हो। यस आईपीओको बिक्री प्रवन्धकका रुपमा सनराइज क्यापिटल रहेको छ।

कम्पनीले ५० हजार कित्ता सेयर कर्मचारी र १ लाख २५ हजार ९११ कित्ता सेयर म्चुअल फण्डलाइ छुटाएर बाकि २३ लाख ४१ हजार ९५४ कित्ता सेयर सर्बसाधारणको लागि छुट्याएको छ। सिइडिबीको आईपीओ छिटोमा बैसाख २१ गते र मागेजति आवेदन नपरेको खण्डमा ढिलोमा बैसाख ३१ गते सम्म खुल्ला रहनेछ।

केयर रेटिंग नेपालले कम्पनीको आईपीओ लाई औसत ग्रेड ४ रेटिंग प्रदान गरेको छ। जसले कम्पनीको बित्तिय अवस्था औसत भन्दा तल देखाउछ। लगानीकर्ताले आश्वा सदस्य बैंक तथा बित्तिय संस्था र मेरोसेयर मार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन।

कम्पनीले ११ मेगावाट क्षमताको तल्लो खारेखोला, ५ मेगावाटको रुकुम गढ हाइड्रोपावर तथा १२ मेगावाटको दोर्दी १ हाइड्रो इलेक्ट्रिक आयोजना बनाउने छ। ४.४ मेगावाटको राधी स्मल हाइड्रोपावर र ४ मेगावाटको खुदी हाइड्रोपावर संचालनमा रहेको कम्पनीले जनाएको छ।