May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

एनसेलले पनि आइपिओ को लागि तयारी थाल्यो , हेर्नुहोस तयारी कता पुग्यो र कैले बाट आउला

बिज संजाल संवाददाता
२०७८ बैशाख १२

नेपालको दूरसंचार कम्पनी एनसेलले पनि सर्वधरणाको लागि शेयर निस्कासन गर्ने प्रकिया अगाडि बढाएको छ ।कम्पनीको कर विवादका कारण शेयर निस्कासन गर्ने प्रकिया ढिलो भएको हो । अहिले कर विवाद समाधान भएसँगै यो प्रकिया अगाडि बडाएको हो । १० करोड पूँजी रहेको यो कम्पनीले सम्पूर्ण विवाद अन्त्य भएसँगै कम्पनी ऐन २०६३ को दफा १२ ले रु.५ करोडभन्दा बढी चुक्ता पूँजी भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी पब्लिक लिमिटेड कम्पनीका रुपमा दर्ता हुनपर्ने व्यवस्था गरेबमोजिम एनसेल पब्लिक लिमिटेड बनेको हो।

अहिले धितोपत्र बोर्ड सग जति सक्दो चाडै नै आईपी ल्याउनको लागि छलफल भैरहेको कम्पनीले जनाएको छ ।कम्पनीले गत आर्थिक वर्षमा नै १२ अर्ब भन्दा धेरै आयकर बुझाएको छ । आहिले पनि कम्पनीले धेरै योजनाहरु ल्याएर नाफा बडाइरहेको छ । यसरि हेर्दा अब चाडै नै आइपिओ आउने छ।