May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

हेर्नुहोस अब आउने कुन आइपीओ तपाइले कहिले भर्न पाउनुहुनेछ र कति ?

बिज संजाल संवाददाता
२०७८ बैशाख ८

सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख १७ गतेदेखि कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यसमध्ये २% अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५% ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिने जनाएको छ ।
सीइडीबीको आइपीओमा वैशाख १७ देखि २१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने वैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ । यस आइपीओको बिक्री प्रबन्धकको लागि सनराइज क्यापिटल लाइ जिम्मा दिएको छ । लगानीकर्ताले आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।