May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

मध्यभोटेकोशी जलविद्युतले पायो आईपीओ विक्रीको अनुमति ,हेर्नुहोस कहिले आउछ र कति कित्ता सर्वसाधारणको लागि

Upper-solu-ipo
बिज संजाल संवाददाता
२०७८ बैशाख ८

मध्य भोटेकोशी जलविद्युत कम्पनीले प्राथमिक शेयर आईपीओ निष्काशन गर्ने भएको छ।नेपाल धितोपत्र बोर्डले मध्य भोटेकोशी जलविद्युत कम्पनीलाई प्राथमिक शेयर आईपीओ निष्काशन गर्न अनुमति दिएको हाे।कम्पनीले अनुमति पछि अब १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्नको लागि २०७८ बैशाख ५ गते आनुमति पाएको हो ।कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको रू ६० करोड बराबरको ६० लाख कित्ता आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानिय बासिन्दाको लागि आईपीओ विक्री गर्नेछ भने दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लाइ जिम्मा दिएको छ ।