May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

सिइडिबी हाइड्रोपावरले आइपिओ निष्कासनको अनुमति पायो , हेर्नुहोस कहिले बाट गर्ला त निष्कासन

बिज संजाल संवाददाता
२०७८ बैशाख ७

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्राथमिक सेयर (आइपिओ) निष्कासनको लागि अनुमति पाएको छ। ८३ लाख ९४ हजार १ सय कित्ता सेयर जारी भएको कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिन लागेको हो जसमा २५ लाख १८ हजार २३० कित्ता सर्वसाधारणले पाउनेछन ।

कम्पनीले बिक्री प्रवन्धकका रुपमा सनराइज क्यापिटललाई जिम्मा दिएको कम्पनीले र अबको २ महिनाभित्र सर्वसाधारणलाई आइपिओ जारी गर्ने जनाएको छ। कम्पनीले ११ मेगावाट क्षमताको तल्लो खारेखोला, ५ मेगावाटको रुकुम गढ हाइड्रोपावर तथा १२ मेगावाटको दोर्दी १ हाइड्रो इलेक्ट्रिक आयोजना बनाउने छ। ४.४ मेगावाटको राधी स्मल हाइड्रोपावर र ४ मेगावाटको खुदी हाइड्रोपावर संचालनमा रहेको कम्पनीले जनाएको छ।