May 26, 2024, Sunday
२०८१ जेष्ठ १३
Nepal 1:37:26 pm
Trending

शेयर बजारमा १० कित्ते नीति हटाउने तयारी, हेर्नुहोस कहिले बाट लागु गर्ने तयारी छ

Upper-solu-ipo
बिज संजाल संवाददाता
२०७८ बैशाख ७

नेपाल धितोपत्र बोर्डले साधारण शेयर (आईपीओ) मा १० कित्ते नीति हटाउने तयारी गरेको छ । शेयर पर्नेलाई कम्तीमा १० कित्ता पाउने आहिलेको व्यवस्थालाई हटाउँदै कम्तीमा ५० कित्ता दिने गरी बोर्डले नियम बनाउने तयारी छ ।बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले १० कित्ते नीति का विषयमा अध्ययन भइरहेको बताए । केही समयअघि नै यो नीति हटाउने बोर्डको तयारी थियो । यसको साना लगानीकर्ताहरूले विरोध गरेर रोकिएको छ । पाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमले नै १० कित्ते नीति हटाउनुपर्ने मागसहित बोर्ड अध्यक्षलाई ज्ञापनपत्र बुझाएको छ । यसको लागि तयारी भैरहेको छ जसमा शेयर पर्नेलाई कम्तीमा १० कित्ता पाउने विद्यमान व्यवस्थालाई हटाउँदै कम्तीमा ५० कित्ता दिने गरी बोर्डले नियम बनाउदै छ ।