May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

१८ करोड नोक्सानमा रहेको चन्द्रागिरी हिल्स

बिज संजाल संवाददाता
२०७८ बैशाख ६

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा चन्द्रागिरी हिल्स १८ करोड ११ लाख २० हजार रुपैयाँ नोक्सानमा छ । अघिल्लो वर्ष यसैअवधिमा कम्पनी २ करोड १८ लाख ८ हजार रुपैयाँ नोक्सानमा थियो । एक वर्षको अवधिमा कम्पनीको नोक्सान १५ करोड ९३ लाख रुपैयाँ बढेको हो । विश्वव्यापि फैलिएको कोरोना भाइरसको कारण व्यापारमा असर गरेको कम्पनीले जनाएको छ र अजै कोरोना बढिरहेको कारणले गर्दा कम्पनी लाइ असर नै परिरहने छ । अघिल्लो वर्ष कम्पनीले १४ करोड २१ लाख ११ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ छ। जगेडा कोष ३२ करोड नोक्सानमा छ। त्यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८१ पैसा ऋणात्मक छ। प्रतिसेयर नेटवर्थ ७९ रुपैयाँ ९ पैसा मात्रै छ।