May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

सबैले ५० कित्ता पाउने सर्वोत्तम सिमेन्टको आइपियो निस्कासन प्रक्रिया कता पुग्यो , हेर्नुहोस निस्कासन हुने मिति

बिज संजाल संवाददाता
२०७८ बैशाख ५

बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले आइपीओ निष्कासनको काम बढिरहेको बताएको छ .। सर्वोत्तम सिमेन्टले प्रतिकित्ता अनुमानित मूल्य ७५० रुपैयाँ को दरले तोकेको छ । तर शेयर निस्कासन तथा बिक्रि गर्ने बेला सम्ममा मुल्यमा हेरफेर हुन सक्ने सम्भावना छ।।कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परे पनि गोला प्रथाबाट बाँडफाँट गर्नु पर्ने अवस्था रहे पनि सर्वसाधारणले ५० कित्ताभन्दा कम शेयर पाउने छैनन् ।

कम्पनीले ८ लाख कित्ता प्रभावित स्थानीयलाई , २४ लाख कित्ता संस्थागत लगानीकर्तालाइ , ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने छ । सर्वोत्तम सिमेन्टले आइपीओ निष्कासनको काम बढिरहेको र सकेसम्म यहि महिनाभित्र आईपीओ जारी गर्ने पनि जनाएको छ ।