May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

रु रु जलविद्युतको आइपीओ बाँडफाँट, रिजल्ट यसरि हेर्नुहोस

Upper-solu-ipo
बिज संजाल संवाददाता
२०७८ बैशाख ३

शुक्रबार, रु रु जलविद्युत परियोजनाको आईपीओ बाँडफाँट भएको छ। आइपीओ को बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो। । यसमा ३७ हजार ९१६ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् । यसरी बाँडफाँट गरेपछि बाँकी रहेको ७ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिएका मध्ये ७ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ ।

नतिजा हेर्न यहाँ CLICK गर्नुहोस।

रितपूर्वक आवेदन दिएका १५ लाख ९० हजार ८९६ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । यसमा आवेदन दिएका ८ हजार ५३५ जना आवेदकको आवेदन रद्द भएको छ । रु रु जलुविद्युतले चैत २० गतेदेखि २४ गतेसम्म प्रतिकित्ता १२० रुपैयाँको दरमा कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

आइपीओ को नतिजा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइटमेरोसेयर एकाउन्टबाट आइपीओको हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।