May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

स्वास्थ्य मन्त्रालयबाट १४ जिल्ला कोरोनाबाट अति प्रभावित भएको जानकारी , विद्यालय पनि नजान अपील

Ministry-of-Education-nepal
बिज संजाल संवाददाता
२०७८ बैशाख २

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावितमा जिल्लामा राखेको छ ।बिहीबार मन्त्रालयले अति संवेदनशील क्षेत्र तोकिएका जिल्लाहरूमा भिडभाड हुने सबै क्षेत्रमा जमघट नगर्न अपिल गरेको हो।मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ जिल्लालाई अति संवेदनशील मानेको छ।यसरी जान नहुने ठाउँहरूमा विद्यालय, रात्रिकालीन व्यवसाय, सात बजेपछि सबै रेष्टुरेन्ट, क्लब, खेलकुद, जिम, सार्वजनिक पूजाआजा, जात्रा, सभा, सम्मेलन, बैठक, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, स्वीमिङ पुल, हेल्थ क्लब लगायत छन्।
यस्ता क्षेत्रमा सहभागी नहुन भन्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गराउन पनि अनुरोध गरेको छ।