May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

उपत्यकामा २५४ जना सहित आज कोरोना संक्रमित ६ सय नाघे

corona-virus
बिज संजाल संवाददाता
२०७८ बैशाख १

नेपालमा पछिल्लो २४ घन्टामा ६०३ जनामा कोरोना संक्रमण देखिएको छ।४२८९ पिसिआर र ४५१ एन्टिजोन परीक्षणमा ६ सय भन्दा बढीमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।गौतमका अनुसार पछिल्लो सोमबारदेखि आजसम्म १३ हजार५३ जनामा कोरोना परीक्षण गरिएको छ।जसमध्ये १५३६ जना संक्रमित भएका छन् भने ४२० जना संक्रमणमुक्त भएका छन्।