May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

स्वास्थ्य मन्त्रालयबाट उपत्यकासहित ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न सिफारिस

बिज संजाल संवाददाता
२०७७ चैत्र ३१

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ ।कोरोना भाइरस संक्रमण बढ्न थालेपछि मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको हो। मन्त्रालयले यो अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउन सुझाव दिएको छ ।१८ वर्षभन्दा कम उमेरका लागि भ्याक्सिन नबनेकाले संक्रमण बढ्न दिन नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।