May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

ब्रोकरले टीएमएस सिस्टम ल्याउदै ,हेर्नुहोस कहिले बाट सुरु हुन्छ र के के हुन्छ टीएमएसमा

बिज संजाल संवाददाता
२०७७ चैत्र ३०

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले ल्याउन लागेको टीएमएस निक्कै प्रभावकारि हुने देखिएको छ । एसोसिएसनका अध्यक्ष सन्तोष मैनालले आउँदो साउन १ गतेबाट सञ्चालन ल्याउन लागिएको ब्रोकरको आफ्नै टीएमएस आहिलेको भन्दा धेरै प्रभावकारी हुने र टीएमएस मोबाइल एप्लिकेसनबाटै चलाउन मिल्ने जानकारी दिए।यसैगरी ब्रोकरले ल्याउन लागेको टीएमएसमा लगानीकर्ताले आफ्नो पोर्टफोलियो लाइभ हेर्न सक्नेछन्।आउने टीएमएसमा लगानीकर्ता र ब्रोकरबीचको कारोबार हिसाबकिताब पनि प्रस्टसँग राखिएको हुनेछ।

टीएमएस नेपालमा क्याप टेक कम्पनीमार्फत सञ्चालन हुनेछ। यो कम्पनी ब्रोकरहरुले नै सञ्चालनमा ल्याएका हुन्।यो टीएमएस सञ्चालनमा आएपछि कारोबार सग कुनै गुनासो नरहने मैनालीले बताए । अध्यक्ष मैनालीका अनुसार अब ल्याइने टीएमएसमा भोलि खरिद गर्न चाहेको सेयरको अर्डर आजै पोस्ट गर्न सकिनेछ। ‘यो सुविधा दिइने भए पनि हालको नियमले रोकेको छ’, उनले भने, ‘यस विषयमा नियामक निकायले अनुमति दिए, यो सुविधा लगानीकर्ताले पाउनेछन्।’