May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

आईपिओ निष्काशन गर्ने तयारीमा ईमर्जिङ्ग नेपाल ,बिक्रि प्रबन्धकमा एनआईसी एसिया क्यापिटल

Upper-solu-ipo
बिज संजाल संवाददाता
२०७७ चैत्र २९

ईमर्जिङ्ग नेपाल लिमिटेडले आईपिओ निष्काशन गर्ने जनाएको छ । कम्पनीले १०० अंकित दरका ५ लाख ५५ हजार ६ सय कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । कम्पनीले आईपिओ निष्काशनको लागि एनआईसी एसिया बैंकलाई बिक्रि प्रबन्धकको रुपमा जिम्मा दिसकेको छ ।

ईमर्जिङ्ग नेपाल लिमिटेडको स्थापना अगष्ट २०१५ मा भएको हो। यो कम्पनी पब्लिक प्राइभेट पार्टनरसीप कम्पनीको रुपमा स्थापना भएको हो। सम्बन्धित कम्पनीमा बिशाल ग्रुप र आ एम ई ग्रुपको पनि लगानी रहॆको छ भने नेपालका अरु विविन्न व्यावसायी तथा नेपाल सरकारको पनि केहि लगानी रहेको बुजिएको छ।

यसको आईपिओ लाई ले ग्रेड ४ प्रदान गरेको छ। यो भनेको कम्पनी को आधारभूत औसद भन्दा कमजोर मानिन्छ। ICRA नेपाल लिमिटेडले ग्रेड १ देखि ५ सम्मको रेंकिंङ्ग दिन्छ। ग्रेड १ प्राप्त कम्पनी राम्रो मानिन्छ भने ग्रेड ५ प्राप्त कम्पनी औसद भन्दा कमजोर मानिन्छ। यसैगरी २, ३ , ४ र + पनी जोडेर कम्पनी को मुलांकन गरिन्छ जुन भनेको क्रमश राम्रो मान्न सकिन्छ।

तसर्थ आईपिओ ग्रेडले कम्पनी किन्ने, बेच्ने, होल्ड गर्नी वा कम्पनीको दोर्श्रो बजार को मूल्य मा कुनै निर्धारण गर्दैन।