May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

Ajod Insurance कम्पनीको अबको यात्रा, र हकप्रदले पार्नी दिर्घकालिन प्रभाव

सुशान्त लामिछाने
२०७७ चैत्र २८

पछिल्लो केही दिन AJOD Insurance ले बजार निकै नै तताएको छ। चैत्र १६ गते अजोड ले सकारथ्मक सर्किट हानेको थियो र भोलि पल्ट नै अजोड़ ले ५० % right शेयर दिनी भनेर बजारमा खबर आयो यो खबर आउनसाथ एसको मुल्य लगातार ३ कारोबार दिन सम्म १०% ले circuit लाग्यो र अजोड़ ४ दिनमै ७१६ बाट १०३१ पुग्यो, भने चैत्र २२ गते अजोड़ ले हकप्रद दिन नमिल्नी खबर को चर्चा बजार मा फैलियो अनि बीमा समितिले त्यसलाई पुस्टि गरि सही साबित गरिदियो। हकप्रतको कुरा रोकिए पछि बजारमा नकारात्मक प्रबाह पर्यो र मुल्यो घट्न थाल्यो।


हकप्रद भनेको के हो ? किन दिन्छन कम्पनीले हकप्रद ?

कुनै पनि कम्पनीले जब आफ्नो व्यवसाय बढाउन खोज्छन र त्यसको लागि कम्पनीसंग पर्राप्ता रकम हुदैन अनि लगानीकर्तालै हकप्रद शेयर जारि गर्दछन। नेपाली बजारमा जब कुनै कम्पनीले हकप्रद दिने भनिन्छ त्यस कम्पनीको मूल्य बढ्न जान्छ किनभने नेपाली बजारमा हकप्रद अलि बढी नै रूचाइन्छ। तर यो कुरालाई राम्रो संग बुझ्नी हो भनि बैंक को उदारण लिन सकिन्छ। सबै सेक्टर बढ्दा पनि बैंकका लगानीकर्ता ले निरासा खेपनु परेकोछ।


भन्नाले बैंक अझै पनि अरु सेक्टर जस्तो बढ्न सकेको छैन। कारण के त ?

यसको चुरो कुरा आज भन्दा ४ वर्ष आगाडी जोडिएको छ। २०१६-१७ तिर बजार बुलमा थियो र तेही मौका मा राष्ट्र बैंकले बाणिज्य बैंकलाई पुजी बढाउनु दबाब दियो फलस्वोरूप बैंकले हकप्रद को बाटो रोज्न थाले। लगानीकर्ता ले हकप्रदको आशा मा लोभिदा तेती खेर हालेर किनेको बैंकको शेयर आज सम्म पनि नाफा कमाउन सकेको छैन। बैंकको शेयरको संख्या धेरै हुन गएको र तेसकारण ले गर्दा नै आज सम्म पनि बैंकको मूल्य माथि उठ्न नसकेको यो भन्दा जोलन्त उदारण अरु केहि हुन सक्दैन।

अब कुरा गरम फेरी Ajod Insurance को। यसको मूल्य घटिरहदा पनि कारोबार संख्या पछिल्लो महिना हरु भन्दा निकै नै बडी छ। 850 मा यसको निकै राम्रो सप्पोर्ट छ भने 980 मा प्रतिरोध देखिएको छ। भन्नाले 850 भन्दा जति तल मूल्य जान्छ तेती नै यो शेयर खरिद गरेर 900 भन्दा माथि किनेका ले शेयर मूल्य एभरगिङ्ग गर्न सकिन्छ। यद्दपि यो बिज संजाल को दाबा भन्दा पनि धेरै मूल्य हालेर किनेका लगानीकर्ता लाई सुजाब हुनेछ र उयुक्त मूल्यमा नाफा बुक गरी फेरी अर्को चोटी लगानी गर्दा हकप्रद मात्र न हेरी सम्बन्धित कम्पनी को समर्ग विश्लेषण गरी लगानी गर्न सुजाव पनी हुनेछ।

(लामिछाने पूँजी बजारका सक्रिय लगानीकर्ता तथा विश्लेषक हुन्, यो सामाग्री उनको ब्यक्तिगत विचार हो।)