May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

सिंगटी हाइड्रो इनर्जीको IPO बाडफाड, रिजल्ट यसरि हेर्नुहोस

singhati-hydro-ipo-result
Biz Sanjal
२०७७ चैत्र २७

सिंगटी हाइड्रो इनर्जीको आइपीओ बाडफाड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बिहान ११ आईपीओ बाँडफाँड गरेको छ।

IPO मा कुल १५ लाख ६५ हजार ५३० जना मध्य २ लाख ६९ हजार ७०० जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्।

नतिजा हेर्न यहाँ CLICK गर्नुहोस।

सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरमा कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी २६ लाख ९७  हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

नतिजा हेर्नको लागि सिडीएससीकाे नयाँ वेबसाइट, कम्पनीकाे वेबसाइट र बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइट गएर नतिजा हेर्नसकिने छ ।