May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

चार मन्त्रीको सांसद पद आज खारेज हुदै

बिज संजाल संवाददाता
२०७७ चैत्र २६

प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा मन्त्री रहेका माओवादी केन्द्रका चार जनाको सांसद पद आज खारेज हुने भएको छ। प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको घोषणा गर्ने संसद सचिवालयको तयारी छ ।
संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले उनीहरूलाई सांसदबाट हटाउन पठाएको पत्रमा छलफल भएको थियो। सोही बैठकमा उनीहरूलाई सांसदबाट हटाएको सूचना आज जारी गर्ने तय भएको हो।

यसअघि गत मंगलबार माओवादी केन्द्रले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको थियो।

२०७४ सालको चुनावमा माओवादी केन्द्रबाट चुनाव जितेका उनीहरू तत्कालीन नेकपामा विवाद उत्कर्षमा पुगेका बेला ओली समूहमा लागेका थिए।