May 26, 2024, Sunday
२०८१ जेष्ठ १३
Nepal 1:37:26 pm
Trending

तोकियो सिंगटी हाइड्रोको आईपिओ बाँडफाँड हुने दिन ,हेर्नुहोस कहिले हुन्छ बाँडफाँड र तपाइको पर्ने सम्भावना कति छ

बिज संजाल संवाददाता
२०७७ चैत्र २६

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपिओ भोली शुक्रबार (चैत्र २७) गते बाँडफाँड हुने बिक्रि प्रबन्धक मेगा क्यापिटलले जनाएको छ। बिक्रि प्रबन्धक मेगा क्यापिटलले चैत्र २५ गते आईपिओको प्रि अलोटमेन्ट गरेर चैत्र २७ गते आईपिओ बाँडफाँड गर्ने तयारी गरेको हो। उक्त आईपिओमा १६ लाख २३ हजार ४ सय ५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४ सय ५० कित्ताको लागि आवेदन परेको थियो । यो जम्मा माग भन्दा ९.१६ गुणा बढी हो ।

कम्पनीले चैत्र ६ गतेदेखि सर्बसाधारणको लागि एक सय रुपैयाँ अंकित दरका २९ लाख कित्ता शेयर सर्बसाधारणको लागि निष्काशन गरेको हो । जस मध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो भने बाँकि रहेको २६ लाख ९७ हजार कित्ताको लागि सर्बसाधारणको लागि छुट्याईएको थियो जसमा गोलाप्रथाबाट २ लाख ६९ हजार ७ सय जनाले मात्र आईपिओ पाउने छन्।आवेदन दिएका मध्ये १३ लाख बढी आवेदकको भने हात खाली हुने छ ।