May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

बिज संजाल संवाददाता
२०७७ चैत्र २५

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्न/गराउन निर्देशन गरेको छ।देशभर कोरोना संक्रमणको जोखिम बढेको कारणले सरकारले राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गराउन अनुरोध गरेको हो।मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार सूचना जारी गर्दै संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।
न्त्रालयले ठूला सहरमा ५ सय भन्दा बढी र साना सहरमा १ सयभन्दा बढी सक्रिय सङ्क्रमित देखिएको खण्डमा आवागमनमा कडाइ गर्न निर्देशन दिसकेको छ। घरबाहिर जाँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्न अनुरोध गरेको छ ।