May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

तपाइले भर्नुभयो रुरु जलविद्युतको आईपीओ ,हेर्नुहोस अब आबेदन दिन कति दिन बाकी र आजसम्म कतिको आबेदन पर्यो

बिज संजाल संवाददाता
२०७७ चैत्र २३

रुरु जलविद्युत् परियोजना लिमिटेडले चैत्र २० गते, शुक्रबारबाट सर्वसाधारणका लागि निष्कासन साधारण सेयर (आईपीओ) मा हालसम्म ३५.९९ गुणा भन्दा धेरै आवेदन परेकाे छ । आइलेसमा ९ लाख ३५ हजार ४८७ जना आवेदकले कुल १ अर्ब ३६ करोड ४५ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख ४५ हजार ६७० कित्ताका लागि आवेदन परेको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।

उक्त आईपीओमा लगानीकर्ताले छिटाेमा चैत्र २४ गतेसम्म र ढिलाेमा वैशाख ३ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीले सर्वसाधारणका लागि २० रूपैयाँ प्रिमियम थपेर १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे छ ।