May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

बढ्यो डिजेल, पेट्रोल र मट्टितेलको मूल्य

बिज संजाल संवाददाता
२०७७ चैत्र २२

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।निगमले आइतबार एक सूचना जारी गर्दै मध्यरात १२ बजेदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य बढाएको हो ।निगमका अनुसार डिजेल, पट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँले बढाइएको छ। तेसरी हेर्दा पेट्रोल प्रतिलिटर १२० रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रूपैयाँ पर्नेछ।निगमले एलपी ग्यास र हवाई इन्धनको बिक्री मूल्य भने पुरानो यथावत राखेको छ ।