May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

तपाई काठमाडौँ भित्रिदै हुनुहुन्छ , सचेत रहनुहोस नाकामा हुदैछ कडाइ

बिज संजाल संवाददाता
२०७७ चैत्र १९

कोरोना सङ्क्रमण दर बढ्दै गएपछि काठमाण्डौ उपत्यका भित्रिने मुख्य नाकामा कडाइ गरिएको छ ।काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकामा सङ्क्रमणको जोखिम बढी हुने भएकाले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको बताउनुभयो ।

उपत्यकामा सङ्क्रमणको दर बढ्न थालेसँगै गएको आइतवारदेखि नै नाकामा लक्षण देखिएका व्यक्तिमा एन्टीजेन परीक्षण र सचेतनामूलक अभियान थालिएको र यस्तो अभियान चलाउन सबै पालिकालाई पनि निर्देशन दिइएको छ । सङ्क्रमणको अवस्था हेरेर आउँदो दिनमा थप कदम चालिनेप्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।