May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

रुरु जलविद्युत आयोजनाको आईपीओ खुल्यो , हेर्नुहोस कति कित्ता को लागि आबेदन दिनु उचित

बिज संजाल संवाददाता
२०७७ चैत्र १९

रुरु जलविद्युत आयोजनाको चैत्र २० गते शुक्रबारबाट आईपीओ आउदै छ । अरु कम्पनी को जसरि प्रति कित्ता १०० मा नभएर प्रिमियममा सार्वजनिक हुँदै छ जसको प्रति शेयर मूल्य १ सय २० रुपैयाँ हुने छ ।

कम्पनीले कुल ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताहरुले बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि निष्काशन गर्न लागेको हो ।

पछिल्लो समयमा डिम्याट खाता खोल्ने नेपालीहरुको संख्या ३३ लाख पुगिसकेको छ । तेसमा पछिल्लो समयको डाटा हेर्दा १६ लाख हाराहारीमा प्राथमिक शेयरको लागि आवेदन दिइरहेका छन ।तसर्थ नेप्से को नियमानुसार कम्तिमा पनि १० कीत्ता को दरले लगानीकर्ताहरु लाई प्राथमिक शेयर गोला प्रथा बाट बाड्नुपर्ने हुन्छ ।यसरि हेर्दा ३७ हजार जनाले मात्र १० किताको दरले पाउने देखिन्छ तसर्थ यो कम्पनीको शेयरमा केवल 10 कित्ता आवेदन दिए पुग्ने देखिन्छ ।