May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

हेर्नुहोस सिंगटी हाइड्रो इनर्जीको आइपीओ कहिले हुन्छ बाँडफाँट र कति जनाले आइपीओ पाउनबाट बञ्चित हुन्छन ?

बिज संजाल संवाददाता
२०७७ चैत्र १६

सिंगटी हाइड्रो इनर्जीको आइपीओ यसै साताभित्र बाँडफाँट हुनसक्ने सम्भावना प्रबल रहेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जानकारी गराएको छ ।मेगा क्यापिटलको जानकारी अनुसार आवेदन रुजु गर्ने काम भइरहेको र अजै केहि दिन लाग्नेछ तसर्थ रुजुको काम सकिएमा यसै साता बाँडफाँट हुने र नसकिएमा अर्को साता लाग्ने बिक्री प्रबन्धको भनाई छ । मिति टुंगो लाग्न भने सकेको छैन ।


गोलाप्रथाबाट बाँडफाँट हुने बाँडफाँट हुने आइपीओमा कुल २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १६ लाख ३५ हजार ५३७ जनाले २ करोड ४६ लाख ६५ हजार ६४० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ९.३४ गुणा बढी हो तेस्ले गर्दा सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ ।सर्वसाधारणलाई बिक्री गरिएको आइपीओमा २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने १३ लाख ७१ हजार ५३७ जना भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।