May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

जीवन बीमा कम्पनीहरुलाई एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न बीमा समितिको निर्देशन

beema-samiti-insurance-board
Biz Sanjal
२०७७ फाल्गुन ११

काठमाडौँ । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको छ । समितिले निर्देशिका जारी गर्दै जीवन बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।

समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ । जसअनुसार सब उक्त कम्पनीहरुले एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्नुपर्नेछ ।

यता पुनर्बीमा कम्पनी र निर्जीबन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई भने एनएफआरएसमा आधारित वित्तीय विवरण प्रकाशित गर्न समितिले यसअघि नै निर्देशन दिइसकेको छ ।