May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

तनाव बीच पनि चीन भारतको शीर्ष व्यापार साझेदार

INDIA-China
Biz Sanjal
२०७७ फाल्गुन ११
INDIA-China

फागुन ११, पेचिङ (चीन) । चीन भारतको शीर्ष व्यापार साझेदार बनेको छ । दुई देश बीचको सम्बन्ध चिसिएको अवस्थामासमेत अमेरिकालाई उछिनेर चीन भारतको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ ।

गत वर्ष दुई देशबीच सीमामा झडप हुँदा केही भारतीय सेनाको मृत्यु भएको थियो । भारत सरकारले २२० चिनियाँ प्रविधि एपमा प्रतिबन्धसमेत लगाएको थियो । 
सन् २०२० मा दुई देशबीचको दुईतर्फी व्यापार ७७ अर्ब ७० करोड डलर रहेको छ ।

व्यापारको यो आकार अघिल्लो वर्षको भन्दा कम भएपनि यो चीनलाई भारतको सबैभन्दा ठूलो व्यापार साझेदार बनाउन पर्याप्त रह्यो । सन् २०१९ मा भने दुई देशीय व्यापार ८५ अर्ब ५० करोड डलर रहेको थियो । 

कोरोना भाइरसको महामारी बीच विश्वको व्यापारमा अवरोध उत्पन्न भयो । तर मेडिकल उपकरण र आपूर्तिको माग भने सुदृढ नै रह्यो । 

भारतले चीनसँगको व्यापारमा कटौती गर्न आत्म निर्भर हुने र व्यापारमा कटोती गर्ने प्रयास गरेको थियो । तर यो अझै पनि चीनमा निर्मित मेशिनरी, दूरसञ्चार उपकरण र होम अप्लायन्सेजमा उच्च निर्भर छ । 

चीनबाट भारतले कुल ५८ अर्ब ७० करोड डलर बराबरको आयात गरेको छ । यो भारतले अमेरिका र संयुक्त अरब इमिरेट्स (यूएई) बाट गरेको आयातभन्दा पनि धेरै हो । अमेरिका र यूएई भारतको दोस्रो र तेस्रो ठूलो व्यापार साझेदार हुन् । एजेन्सी